काठमाडाैंः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरूकाे भीड बढेपछि स्वास्थ्य मापदण्ड पालना हुन सकेकाे छैन। स्वस्थ्य मन्त्रालयले काेराेना भाइरसबाट जाेगिन भाैतिक दूरी कायम गर्नुपर्ने बताइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने यात्रुहरू स्वास्थ्य मापदण्डकाे ख्यालै नगरी यत्रतत्र उभिएका छन्।
बिहीबारबाट शुरु हुने निषेधाज्ञाका कारण हाल बसपार्क र विमानस्थलमा यात्रुकाे भीड अत्याधिक बढेकाे छ। सरकारले बिहीबारबाट सार्वजनिक गाडी चल्न राेक लगाए पनि विमान सेवा भने सूचारु रहने बताइरहँदा विमानस्थलमै स्वास्थ्य मापदण्डकाे पालना हुन सकेकाे छैन। गन्तव्यसम्म सुरक्षित पुग्ने आशमा रहेका यात्रुहरू विमानस्थलबाटै संक्रमित हुन सक्ने जाेखिम बढेकाे छ।
यता यात्रुहरूकाे चाप अत्याधिक बढेपछि विमान कम्पनीहरूले पनि उडान थपेका छन्। मङ्गलबार यतीले नियमितभन्दा पाँचवटा उडान थप गर्याे भने बुद्धले नियमितभन्दा २० वटा उडान थप गर्याे। बुधबार यात्रुकाे संख्या झनै बढ्ने विमान कम्पनीहरूले प्रक्षेपण गरेका छन्।
प्रतिक्रिया