लेटेस्ट न्युज
advertisement1

यस्तो हुनेछ आगामी तीन दिनको माैसम

Maryada News 2021-02-07 10:41:24
यस्तो हुनेछ आगामी तीन दिनको माैसम

काठमाडौं : देशभरका विभिन्न स्थानमा दुई दिनयता निकै चिसो बढेको छ। राजधानी काठमाडौंलगायत पहाडी भूभागमा वर्षासँगै हिउँसमेत परेको छ। 

जसका कारण देशभरका अधिकांश स्थानमा चिसो ह्वात्तै बढेको हो।

यसैबीच जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका केही स्थानमा मौसम बदली रहने र धेरैजसो स्थानमा मौसम सफा रहने पूर्वानुमान गरेको छ। 

जसअनुसार प्रदेश १ पहाडी भूभागहरुमा आइतबार दिउँसो आंशिक बदली रहने र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ। त्यसैगरी माघ २६ गते सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताएको छ। 

सोमबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र जनाएको छ।  

यस्तै माघ २७ गते मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने भनिएको छ। 

मंगलबार राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। हाल देशको मध्य र पूर्वी तराईका थोरै स्थानमा र पश्चिमी तराईका एकदुई स्थानमा आइतबार हुस्सु लागे पनि दिउँसो क्रमश खुल्दै जाने विभागले जनाएको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्