लेटेस्ट न्युज
advertisement1

कर्मचारी सञ्चय कोषको कुल लगानीे सवा चार खर्ब नाघ्यो

Maryada News 2021-09-16 14:59:13
कर्मचारी सञ्चय कोषको कुल लगानीे सवा चार खर्ब नाघ्यो

काठमाडौं: कर्मचारी सञ्चय कोषको कुल लगानी सवा चार खर्ब नाघेको छ । कर्मचारी सञ्चय कोष ६० औं वर्ष प्रवेश गरेको अवसरमा सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७÷७८ सम्म कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको उल्लेख छ ।

कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ । कोषको कुल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड छ ।

सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ ।

सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ । कोषले आर्थिक वर्ष २०७६÷७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्