२००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि ०६२/६३ सालको जनविद्रोह लगायत मधेस–थरुहट–जनजाति आन्दोलन सबैमा युवाले निर्णायक भूमिका निर्वाह गरेका हुन् । युवाहरुलाई बन्द, हड्ताल, सभा, जुलुसको नेतृत्त्व सडक मात्र हस्तान्तरण गर्ने काम भयो । तर, युवालाई केन्द्रीय राजनीतिमार्फत् देशको नेतृत्व गर्ने भूमिका भने कहिल्यै दिइएन ।
दलहरूले युवा वर्गलाई राजनीति र सत्ताको भर्याङ मात्रै बनाउँदै आएका छन् । दुःखको कुरा के भने एउटा ठूलो बुढो रुखको छायाँले स९साना रुखहरु लाई असर गर्छ । वर्तमान राजनीतिमा कुनै युवाले राम्रो काम गरेर जब चर्चा पाउछ, उसलाई निरुत्साहित गर्ने, मनोबल गिराउने प्रवृत्ति सुरु हुन्छ । उसलाई अगाडि बढ्नबाट रोकिन्छ । राजनीतिमा प्रवेश गरेर आफ्नो क्षमता देखाउन ३०/४० वर्ष भन्दा बढी लाग्ने संरचना अनि नातावाद, कृपावाद, चाकडीवाद र फरियावाद बढी हाबी भएको पाइन्छ ।
नेपालको सन्दर्भमा सबैभन्दा खतरनाक त यथास्थितिवाद नै हो । जसलाई तीतो र नमिठो लागे पनि वास्तविकता यहीँ हो । एउटा भिजनरी, एजेण्डा, जोस, जागरुक र इमानदार भएको व्यक्ति काम गर्ने ठाँउमा पुग्दा ऊ पनि पुरानै सिको सिक्दै नतिजामुखीभन्दा पनि शक्तिमुखी बन्न पुग्ने गर्दछ । त्यसकारण अबको नयाँ पुस्ताले नै नेतृत्व आफ्नो हातमा लिनुपर्छ । युवा शक्तिलाई ढाल बनाएर नेतृत्व गर्ने संगठन विस्तार गर्ने होइन, युवाहरूलाई नै अगाडि बढाउने नेतृत्व अनि संगठन चाहिएको छ । निदाउन नदिने सपना देख्न सक्ने जमात भनेकै युवशक्ति हो ।
वर्तमान समयमा नेताहरूले युवा पुस्तालाई जिम्मेवारी दिन हिच्किचाउन हुँदैन । अब युगान्तकारी परिवर्तन र समृद्धिका लागि युवा पुस्तालाई अगाडि ल्याउनैपर्छ । देशमा आधुनिक कृषि, उद्यमी, व्यवसायबारे गाउँघरका किसानसगै घुलमिल हुन सक्ने नेतारकार्यकर्ता चाहिएको छ । युवा, इन्जिनियर, डाक्टर, पाइलट, निर्माण व्यवसायी, बौद्धिक व्यक्ति र विज्ञहरुसँग बसेर पुर्वाधारको विषयमा सघन बहस गर्न सक्ने नेता चाहिएको छ ।
अहिलेका नेताहरुले युवाहरूसँग बसेर युवा श्रमशक्तिको समस्या समाधान गर्न सक्नुपर्छ । सबैसँग घुलमिल हुन सक्ने र समस्या समाधान गर्ने तागत पनि युवाशक्तिमा मात्रै हुन्छ । यस कारण युवाहरूले देशको नेतृत्व गर्ने जिम्मा लिइ विकास निर्माणमा लाग्नु आवश्यक छ । २१औँ शताब्दीको राजनीति पार्टी र व्यक्तिगत स्वार्थका लागि होइन, एकअर्कामा आरोप प्रत्यारोपण र दोषारोपणका लागि होइन ।
नेपाल र नेपाली जनताको समृद्धिको लागि सपनालाई महत्त्वका साथ अगाडि बढाउन सक्ने नेतृत्व यो देशले खोजिरहेको छ । युवा वर्गले नै जनचाहनाबमोजिम देशको मुहार फेर्न र स्वार्थभन्दा माथि उठेर काम गर्न सक्छन् ।
राजनीतिमा सकारात्मक सोच विकास गर्न, उद्यमशीलता विकास गर्न, मुलुकलाई आर्थिक विकास र समुन्नत नेपाल निर्माण गर्न विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने खालको नेपाल हुनुपर्छ । त्यसैले ढल्किँदो उमेरका नेता र व्यक्तिले सल्लाह, सुझाव दिने र युवाहरूलाई राष्ट्रिय मुलधारको राजनीतिमा खुल्ला हृदयका साथ बाटो छाडिदिनुपर्छ । व्यक्ति, परिवार, नातावाद, कृपावाद, फरियावाद, कुटुम्ब, पार्टी, साथीभाइ र अकुत सम्पत्तिजस्ता स्वार्थका गोलचक्र बाट बाहिर निस्किनु आवश्यक छ ।
नेपाल र नेपाली जनताको समृद्धिको लागि सपनालाई महत्त्वका साथ अगाडि बढाउन सक्ने नेतृत्व यो देशले खोजिरहेको छ । युवा वर्गले नै जनचाहनाबमोजिम देशको मुहार फेर्न र स्वार्थभन्दा माथि उठेर काम गर्न सक्छन् । देशको राष्ट्रिय शान्ति-सुरक्षा नभएकामा चिन्ता र चासो नगर्ने, देशले विकासको गति नलिएकामा गम्भीर नबन्ने तथा राष्ट्रियताबारे चिन्ता नगर्ने नेतारकार्यकर्ता, बुद्धिजीवीले यो देश परिवर्तन गर्न सक्दैनन् । देशको मुल नेतृत्व विगतदेखि नै खोक्रो राष्ट्रियताको खेतिपाती गर्दै आएको छ ।
उदाहरणका लागि, भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा आएर एक घन्टाको आफ्नो सम्बोधनमार्फत् हाम्रा देशका नेताहरूलाई सम्झाइदिनु परेको थियो, 'पर्यटनको सम्भावना छ, जुम्लामा जडिबुटी छ, कृषिबाट आत्मनिर्भर बन्न सक्छ, उर्जाबाट देश समृद्धि बन्न सक्छ ।' यसरी सम्झाउँदा लाचार नेताहरूले ङिच्च दाँत देखाए संसदमा लगातार ५०९५५ सेकेन्डसम्म ताली गड्गडाहट रूपमा बजाउँछन् । तसर्थ, यस्तो गैरजिम्मेवार राजनीतिक नेतृत्वको अन्त्य हुनु आवश्यक छ ।
विश्वको परिवेशलाई हेर्न हो भने विकसित देश बन्नका लागि धेरै पुस्ताको लगानी भएको छ । देश बनाउने वृद्ध र बालबालिकाले होइन, युवाले नै हो । बुढापाकासँग अनुभव र सल्लाह मात्र लिने हो ।
यस्ता राजनीतिक प्रवृत्तिलाई निमिट्यान पार्न वर्तमान अवस्थामा युवाहरुले सकारात्मक हस्तक्षेप गरी नेतृत्व लिन सक्नुपर्छ । विश्वको परिवेशलाई हेर्न हो भने विकसित देश बन्नका लागि धेरै पुस्ताको लगानी भएको छ । देश बनाउने वृद्ध र बालबालिकाले होइन, युवाले नै हो । बुढापाकासँग अनुभव र सल्लाह मात्र लिने हो । त्यसैले युवा वर्ग नै आजको समयमा विश्वास अनि भरोसायोग्य खम्बा हो ।
अन्त्यमा, जब राजनीतिक सङ्घर्षमार्फत मुलुकमा रुपान्तरणको प्रक्रिया सुरु हुन्छ र नयाँ संरचना निर्माणको प्रश्न आउँछ, त्यहाँनेर भने युवाहरुको अर्थपूर्ण सहभागितालाई अस्वीकार गरिन्छ । अनि युवा आन्दोलनको बुइ चढेर डाडु पुनिउँ आफ्नो हातमा लिने गरिन्छ। जहिल्यै पनि युवा लाई भर्याङकाे रूपमा प्रयोग गरेको पाइयो । हरेक आन्दोलनमा युवाहरु अरुबाट परिचालित हुन्थे भने अब आफै युवाहरु आफ्नै नेतृत्वमा गलत कार्यहरुको विरोध गर्न थालेका छ्न् जुन कार्य लकडानकै होस् या संसद विघटनको बेला होस्, युवाहरुद्वारा सरकारको आचारण विरुद्ध गरेको शान्तिपुर्ण नाराबाजीले प्रमाणित गर्छ जब युवाहरुको जमात राजनीतिमा अघि बढछ तब देश समृद्धितर्फ लम्कन्छ
यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवाको सक्रियता, सहभागिता र परिचालनबाट मात्र सम्भव छ । राजनीति उमेरले होइन, एजेण्डामार्फत् गर्न सकिन्छ भन्ने कोणबाट बहस गरौँ । दर्शन, सिद्धान्त, दृष्टिकोण र विचारका माध्यमबाट मुलुकलाई आर्थिक विकास र समुन्नत बनाउन सक्नुपर्छ ।
- आर सी अधिकारी
प्रतिक्रिया