“विना प्रलोभन जसले सेवा गर्दछ ऊ छिट्टैै उचाइमा पुग्छ ।” भारतीय साहित्यकार डा. वृन्दावन लाल वर्माको भनाईलाई उद्धृृत गर्दै सामाजिक सेवा स्वार्थ कि निस्वार्थ भन्ने प्रश्नलाई बहसका निमित्त अगाडि बढाउन चाहान्छु । पछिल्लो समय सामाजिक सेवा, अभियानका नाममा भिन्न भिन्न कोणबाट चर्चा परिचर्चाहरु सुनिँदै आएका छन् । चर्चित, कलाकार, पत्रकार, राजनीतिकर्मी, अभियान्ताहरुले विभिन्न ठाउँमा पुगेर सहयोग गरिरहेका छन् ।
मानवीयता सबैको धर्म हो । सक्दो सहयोग सबैले गर्नुपर्दछ । ताकि परेको बेलामा हामीले सहयोग गर्न सक्यौँ भने मात्र हामीलाई परेको बेलामा पनि अर्काको सहयोग पाउँन सक्छौँ । सहयोग गर्नुपर्दछ भन्नेमा दुई मत छैन । तर, सामाजिक सेवाका नाममा अर्कासँग उठाएको रकम पीडित समक्ष पु-याएर, सञ्जालमा फोटो पोष्ट्याउँदैमा ठूलै सहयोगी, सेवक चाहिँ कसरी कहलिन्छौँ ? यो प्रश्न चाहिँँ आफैले आफैलाई गर्नु उपयुक्त हुन्छ होला ।
सामाजिक सेवाका नाममा अर्कासँग उठाएको रकम पीडित समक्ष पु-याएर, सञ्जालमा फोटो पोष्ट्याउँदैमा ठूलै सहयोगी, सेवक चाहिँ कसरी कहलिन्छौँ ? यो प्रश्न चाहिँँ आफैले आफैलाई गर्नु उपयुक्त हुन्छ होला ।
सञ्जालको पहुँच र प्रयोगले धेरै पीडित समक्ष सहयोग पुग्दा उनीहरुको जीवन निर्वाहमा परिर्वतन आएका सफल कथाहरु पनि धेरै छन् । ती निस्वार्थ कर्मका, सफल र अमर कथा हुन् । बनावटी नियमबाट वास्तविकता कहिल्यै लुक्दैन । त्यसैको पछिल्लो स्वरुप सामाजिक सेवाका नाममा गरिएका स्वार्थपूर्ण कुकृतिहरु विवादका घेरामा देखिन थालेका छन् । सेवा जस्तो सत्कर्मलाई क्षणिक मोहले नङ्ग्याएका छन् ।
सामाजिक सेवाका नाममा फाउन्डेसन, अभियान, समूह, संघसंस्था चलाएर गरेका अधिकांशका आर्थिक अनुशासन र अनियमितताको तर्क र विर्तक धेरै सुन्न थालिएका छन् । प्राकृतिक विपत्ति, भूकम्प, बाढी पहिरो, आगलागी, महामारी र मानवीयताका नाममा सडक बालवालिका, वृद्धआश्रम, दुर्गम पीडित समुदाय मानिसहरुको सेवामा एकद्वार प्रणाली पनि छैन । पीडितले सिमित सहयोग पाएका छन् तर सहयोग के कति उठेको हो त्यसको सार्वजनिक पारदर्शिता न त्यस्ता अभियान्ताहरुले गर्दछन् । न त सरकारी पक्षले नै माग्न सक्दछ ।
सहयोग गर्नेहरुले त सानो रकम हो के चासो लिने भन्नेमा नै चित्त बुझाएका हुन्छन् । तर, उनीहरु एकएक जना गरी जम्मा भएका धेरै सहयोगी मनहरुबाट जम्मा भएको ठूलो रकम के के शिर्षकमा खर्चिएको छ भन्ने जवाफ माग्ने हक पनि छ । अहिले यस्ता अभियान सञ्चालन गरेकाहरुको जीवनशैलीलाई नै तुलना गर्ने हो भने उनीहरुमा अगाडिका भन्दा धेरै उन्नत भएको देखिन्छ । जहाँ उनीहरुको आर्थिक उपार्जनको भरपर्दो स्रोत देखिँदैन ।
त्यस्ता स्रोत न पारदर्शी छन् न त कानुनी दायरामा ।सामाजिक सेवाका नाममा कसैको पीडालाई बेचेर आफू लोकप्रिय र कमाईको धन्दा बनाउनेहरुलाई कहाँको मर्यादाले दिन्छ होला, सामाजिक सेवक भन्ने पहिचान । त्यस्तो पहिचानमा हिँड्नेहरुको परिवर्तित महङ्गो जीवनशैलीका प्रति सचेत हुनुपर्ने को ? सामाजिक प्रतिष्ठा पनि ग्रहण गर्ने, पैसा पनि कमाउने यस्तो धन्दाले पक्कै पनि आनन्द चाहिँ कसलाई पो दिन्छ होला । आर्थिक अनुशासन सहितको पारदर्शीता र जवाफदेहिता माग्ने को हुन सक्दछ ?
समाजका क्रियाहरु र त्यसको परिणामको कारण खोतल्ने हो भने सबै बेथिति राज्यसँग आएर ठोक्किन्छन् । राज्यका संरचनाहरु नै स्थापित हुन नसक्ने र कमजोर हुदै जादाँ समाजमा विकृति पनि थपिँदै जान्छन् ।
समाजशास्त्री म्याक्स वेभरका धारणमा “समाजशास्त्र त्यस्तो विज्ञान हो जसले सामाजिक क्रियालाई बुझ्न सक्ने गरी व्याख्या गर्दछ । जसमा समाजका गतिविधि र परिणामको कारण सहितको व्याख्या गरिएको हुन्छ ।” उनले भने जस्तै समाज परिर्वतनको चरणमा छ । समाजका क्रियाहरु र त्यसको परिणामको कारण खोतल्ने हो भने सबै बेथिति राज्यसँग आएर ठोक्किन्छन् । राज्यका संरचनाहरु नै स्थापित हुन नसक्ने र कमजोर हुदै जादाँ समाजमा विकृति पनि थपिँदै जान्छन् ।
राज्य एकातर्फ कमजोर धरातलमा उभिएको छ । जहाँ समाजका क्रियाहरुलाई संयम र समीपमा रहेर नियमन र सहयोग गर्न चुकेको छ । भने, अर्कोतर्फ, सामाजिक सेवाको मर्यादालाई पालना गराउन सकेको छैन । स्वार्थ प्रेरित राजनीति साथै राज्य कमजोर भएपछि सामाजिक संरचना कमजोर हुनु नौलो कुरा भएन । त्यस्तै कमजोरीहरुको सुुक्ष्म नियमन गर्न नसक्दा सामाजिक सेवा एउटा आतङ्क जस्तै देखिएको छ ।
विभिन्न माध्यमहरुबाट दु:ख र पीडा देखाएर रकम सङ्कलन गर्न पल्केकाहरु धन्दा रोक्न तपाई स्वयम् नै सचेत हुनु जरुरी छ । कतै रोएर, कतै धम्की दिएर, प्रलोभन देखाएर, अर्काको संवेदना बेचेर सङ्कलति मोटो रकमको चरम दोहन र दुरुपयोग चनाखो हुनु पर्दछ । तर्क गर्ने, प्रश्न गर्ने, अनियमितता छ भने खोज गर्ने, विमति राख्ने साथै कानुनी कारवाहीका लागि सहयोग गर्ने तपाईले नै पहल गर्नुपर्दछ । सभ्य समाज निर्माणको जिम्मेवारी तपाईकै हातमा हुन्छ ।
निस्वार्थ सेवा गर्न पाइन्छ त्यो मानवीय धर्म नै हो । तर सेवाका नाममा लुट्न पाइँदैन। सेवाका नाममा राजनीति गर्न पाइँदैन । त्यसका लागि राज्य संयन्त्र र स्वयम् सेवामा समर्पित हरेक मानिस सचेत हुनु जरुरी छ ।
सम्पन्न देशहरुले विगतका यस्तै अनियमितताको पाठ सिकेर सबै किसिमका सहयोगको रकम एउटै बास्केटमा राखेर पीडितलाई समान रुपमा वितरण गरेको पाइन्छ । तर, नेपालमा त्यस्तो भरपर्दो निकाय छैन् । जसका कारण सामाजिक सेवाको नाममा दिनदहाडै लुट्ने प्रवृति हाबी भएको छ । पछिल्लो समय राज्यको कमजोर नीति र गैरसरकारी संस्थाहरुको हजारौँ उपस्थितिले पनि परिर्वतन र विकृति दुवै देखाएको छ ।
निस्वार्थ सेवा गर्न पाइन्छ त्यो मानवीय धर्म नै हो । तर सेवाका नाममा लुट्न पाइँदैन । सेवाका नाममा राजनीति गर्न पाइँदैन । त्यसका लागि राज्य संयन्त्र र स्वयम् सेवामा समर्पित हरेक मानिस सचेत हुनु जरुरी छ । सामाजिक सेवाको दायित्व बुझेकाहरुले बुझ पचाएर मुख छोपेर हिँड्न पाइँदैन । नैतिकता र मर्यादाको समयमा नै ख्याल गर्नुपर्दछ । यसर्थ, सामाजिक सेवा निस्वार्थ हो, स्वार्थ प्रेरित नक्कली सेवकहरुलाई सबै मिलेर निरुत्साहित गर्नै पर्दछ ।
- भुवन न्यौपाने
प्रतिक्रिया
dkmDytaUVMr
2024-05-01 06:36:08PdtCAIxXgLSDZ
dkmDytaUVMr
2024-05-01 06:36:13PdtCAIxXgLSDZ
dkmDytaUVMr
2024-05-01 06:36:19PdtCAIxXgLSDZ