लेटेस्ट न्युज
advertisement1

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Maryada News 2025-04-20 08:21:08
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डू, हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा अहिले पनि चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा एक/दुई स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावनाले कृषि, यातायात, स्वास्थ्य र जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्