काठमाडौं: बैतडी चडेपानीकी १७ बर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको विरोधमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। घटनामा संलग्नहरुलाई खोजी गरी कडाभन्दा कडा सजायको माग गर्दै नेविसंघले आइतबार बागबजारस्थित पद्याकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनमा 'फेरियो व्यवस्था, फेरिएन छोरीहरूको अवस्था' लगायत नारा र प्लेकार्ड बोकेर भागरथी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै सरकारविरुद्ध नारावाजी समेत गरिएको थियो ।प्रदर्शनमा सहभागीहरुले सेतो कपडामा रगत पोतिएको पहिरनमा बिरोध प्रदर्शन गरेका थिए।
'हामी कहिले देखि बलात्कारको बिरोध गर्न सडकमा निस्किनु पर्दैन? कहिले देखि?', 'महिलाको सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चितता कहिले हुन्छ ?' भन्दै प्रदर्शनकारीहरुले प्रश्न गरे । प्रदर्शनमा नेविसंघका सभापति राजीव ढुंगाना लगायतका विद्यार्थी नेता तथा नेतृहरुको सहभागिता थियो ।
प्रतिक्रिया