काठमाडाैंः नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीका मुख्य प्रशिक्षकमा कुवेती काेच अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा)काे टेक्निकल कमिटीको सिफारिसमा उनलाई राष्ट्रिय टाेलीको जिम्मेवारी दिइएको हो।
आगामी एक वर्षका लागि अब्दुल्लाहले नेपाली फुटबल टाेलीकाे जिम्मेबारी बहन गर्ने छन्। उनले आगामी जुनमा हुने विश्वकप छनोटका तीन खेल र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टाेलीलाई काेच गर्नेछन्। विश्वकप छनोट खेल्ने टाेलीको मुख्य प्रशिक्षकसँग 'प्रो लाइसेन्स' हुनुपर्ने फिफाकाे नियमअनुसार एन्फाले अब्दुल्लाहलाई प्रशिक्षकमा नियुक्त गरेकाे हाे। यसअघि थ्री नेसन्स कपमा उपाधि दिलाउने प्रशिक्षक बाल गोपाल महर्जनसँग 'प्रो लाइसेन्स' नभएका कारण विदेशी काेच ल्याइएकाे हाे।
अब्दुल्लाहले यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतजस्ता देशका विभिन्न फुटबल टाेली सम्हालिसकेका छन्।
प्रतिक्रिया