लेटेस्ट न्युज
advertisement1

जसपा अध्यक्ष भट्टराईकाे स्पष्टिकरणः 'मैले ओलीलाई भेटेकै हाे'

Maryada News 2021-05-16 10:16:16
जसपा अध्यक्ष भट्टराईकाे स्पष्टिकरणः 'मैले ओलीलाई भेटेकै हाे'

काठमाडाैंः पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले भेटेकाे स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफूले प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेकाे बताएका हुन्।

भट्टराईले लेखेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ।’

शनिबार नेकपा एमालेका सांसद महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाइदिन आग्रह गरेकाे अभिव्यक्ति दिएका थिए। साेही अभिव्यक्तिलाई स्पष्ट पार्दै भट्टराईले आफूले ओलीलाई  भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिएका हुन्।

 

प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc

— Baburam Bhattarai (@brb1954) May 16, 2021

उनले अझै पनि धारा ७६(५) बमोजिम राष्ट्रिय सहमतिकाे सरकार बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह समेत गरेका छन्। प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र ओलीले पुनः विश्वासकाे मत लिन नसकेकाे खण्डमा संविधानको धारा ७६(५)  बमाेजिम बहुमत जुटाउन सक्ने प्रतिनिधि सभाको सांसदले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्