विवेकशील साझा पार्टीले हवाई सुरक्षाबारे गहन अनुसन्धान गर्न बृहत्तर आयोग गठनको माग गरेको छ।
प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति निकालेर पछिल्लो समय नेपालमा हवाई क्षेत्र असुरक्षित बन्दै गएकोमा विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
दुई साताभित्रै दुई हवाई दुर्घटना र जनधनको क्षति भएकोले यसलाई सामान्य रुपम मात्रै लिन नहुने विवेकशील साझा पार्टीको भनाइ छ।
'१५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनुलाई सामान्य दुर्घटनाको रुपमा मात्र बुझ्ने र परम्परागत तरिकाले छानबिन समिति बनाएर ढाकछोप गर्ने शैलीले मात्र हवाई सुरक्षा विश्वासिलो हुन नसक्ने पार्टीको धारणा छ,' विज्ञप्तिमा भनिएको छ।
हवाई सुरक्षाबारे उच्चतम प्राथमिकतामा राखेर तत्काल दीर्घकालीन सुधारको थालनी गरी सर्वसाधारणलाई विश्वस्त तुल्याउन उनले माग गरेका छन्।
मुलुकको नागरिक उड्डयन सेवाले भोग्नुपरेको नियति र हवाई क्षेत्रका सबै प्रकारका विकराल समस्याको समाधान गर्न स्वतन्त्र विज्ञहरु सम्मिलित बृहत्तर उच्चस्तरीय आयोग गठन गरी सोको प्रतिवेदन अक्षरश: कार्यान्वयन गर्न विवेकशील साझाले सरकारसँग माग गरेको हो।
प्रतिक्रिया
JstCYwnZ
2024-08-18 10:13:20eRjUXTzIg
JstCYwnZ
2024-08-18 10:13:26eRjUXTzIg