लेटेस्ट न्युज
advertisement1

अनि सोचौँला के गर्ने हुन्न ?

अनि सोचौँला के गर्ने हुन्न ?

देश कोरोना महामारीको सङ्कटबाट गुज्रँदै गरेको एक वर्ष बितिसकेको छ । जसको कारण छ हजार बढी नेपाली नागरिकहरूको ज्यान गईसकेका छन् । एक लाखबढी नागरिकहरू अहिले पनि महामारीसँग  लडिरहेका छन् । कतिपय नागरिक र उनीहरूका आफन्त एवम् शुभचिन्तकहरू ज्यानको भिख माग्न विवश छन् । मेरो ‘ज्यान बचाई देऊ’ भन्दै चिच्याई रहेका छन् । यस्तो अवस्था आउँदैछ भनी विज्ञहरूले नाटकका पात्रहरूलाई एक वर्ष अघिदेखि सचेत गराउँदै आएकामा अझै पनि गराईरहेका छन् । तर पनि सचेत भएर रोकथाममा लाग्नुपर्नेहरू र त्यसभित्रका पात्रहरू वियोगान्तक नाटकको मञ्चन र प्रदर्शनमा व्यस्त छन् ।

उनीहरू हरेक समस्याको समाधान राजनिती र राजनतिकर्मी बाहेक अन्य कोही हुन नसक्ने व्यवहार प्रदर्शन गरिरहेका छन् । नाटकको एउटा पात्रले अर्को पात्रलाई धारेहात लगाउँदै निर्दोष नागरिकहरूका नाममा ‘हार्दिक श्रद्धान्जली र भावपूर्ण श्रद्धान्जली’ लेखिरहनु पर्ने अवस्थाको सिर्जना गरिरहेका छन् । परिणाम विवश नागरिकहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादा गम्भीर सङ्कटमा परेको छ । नीति बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक विषयहरू पनि हुन्छन् भन्ने सामान्य ज्ञान ती पात्रहरूमा नहुँदा यस्तो अवस्था पटक–पटक दोहोरिएको हो भन्न सकिने अवस्था पनि छैन । किनभने उनीहरू ननिदाएर पनि निदाइरहेको नाटक निरन्तर गरिरहेका छन् ।

तिमीहरूका गतिविधिका कारण समाज र युवा वर्गमाथि राजनितिप्रति बढ्दै गएको वितृष्णाको ऋण कसले तिर्छ ? के राजनीति तिम्रो पुस्ताको लागि मात्र हो ? यदि होइन भने यस विषयमा पनि नाटकीय हैन वास्तविक जवाफ देऊ । व्यक्तिको सांस्कृतिक सम्बन्ध जीवित हैन मृत्यु पर्यन्त रहन्छ ।

यदि यस्तो नहुँदो हो त यी नाटककारहरूले एउटै मञ्चमा बसेर कोरोनाबाट पीडित र प्रभावित जनताहरूको नाममा एउटा संयोगान्त नाटक मञ्चन गर्नसक्नु पर्ने थियो । यो प्रयास न त नाटकका निर्देशकले गरे न त उनका टिमका अन्य सदस्य र पात्रहरूले नै गरे । अनि पनि उनीहरू मञ्चबाट खोक्दै छन् ‘यो सबै कार्य जनताको लागि हो ?’ छिः कस्तो लाज नलागेको यी पात्रहरूलाई ! अझ दुःख लाग्दो कुरो त कहाँ छ भने निर्देशकलाई तिनै एकान्त बासमा बसेका नागरिकले फेरि निर्देशक बनाई दिनु पर्ने रे । अनि निर्देशक विरुद्धमा रहेका अन्य पात्रहरूलाई उनीहरूको आदेशमा हुने आन्दोलनमा तिनै एकान्त बासमा रहेका नागरिकहरूले आन्दोलन गरी दिनु पर्ने अरे ! मलाई प्रश्न सोध्न मन लाग्छ– ‘ए लाछीहरू हो ! तिमीहरू मानव नै हौ ?’ 

तिमी नाटककारहरूले साँच्चै जनताको लागि संयोगान्त नाटक गरिरहेका छौ भने कोरोना कहरबाट विभिन्न कारणले रोजीरोटी गुमाएका नागरिकहरूको लागि आफूले गरेका कामका विश्वास योग्य बुँदा सार्वजनिक गर । तिमीहरूका गतिविधिका कारण समाज र युवा वर्गमाथि राजनिति प्रति बढ्दै गएको वितृष्णाको ऋण कसले तिर्छ ? के राजनीति तिम्रो पुस्ताको लागि मात्र हो ? यदि होइन भने यस विषयमा पनि नाटकीय हैन वास्तविक जवाफ देऊ । व्यक्तिको सांस्कृतिक सम्बन्ध जीवित हैन मृत्यु पर्यन्त रहन्छ । सायद तिमीहरूलाई यो विषय राम्ररी थाहा होला । मृतकको दाह संस्कार गर्न नसक्ने अवस्था आएको विषय पनि तिमीहरूलाई अवश्य नै थाहा छ । किनभने नाटक मञ्चन गर्न विषय वस्तु त चाहियो नि ! यस अवस्थामा कोरोनाबाट तिमीहरूको वियोगान्त नाटकको मञ्चन हुँदाहुँदै जीवन गुमाउनु पर्ने नागरिकहरूको शव व्यवस्थापन निःशुल्क गर्नुपर्छ भनेर कहीं आवाज उठायौँ ? उठाएका छौ भने यसको पनि विश्वसनीय जवाफ सार्वजनिक गर न त । 

तिमीहरूलाई नागरिकहरुको आधारभूत स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्नुपर्छ भन्ने थाहा नहुने कुरै भएन । किनभने संविधान र ऐनमा यो विषय तिमीहरूले नै लेखेका हौ । तर कार्यान्वयनको सन्दर्भ के छ ? नाटकका निर्देशक, पात्रहरू र निर्देशकका विरुद्धमा रहेका पात्रहरूले अस्पतालमा जीवनको भिख मागी रहेका नागरिक र उनीहरुका आफन्तसँग सोधेका छौँ ? खै मैले त थाहा पाउँन सकिन ।

नागरिकको जीनव, स्वतन्त्रता, समानता, र मर्यादाको लागि अहिलेको वियोगान्त नाटक तत्काल बन्द गर । सबै एकै ठाउँमा बस । सबै शक्ति कोरोनाविरुद्ध लगाऊ । अक्सिजनको अभावबाट हामीलाई बचाऊ, आइसोलेनका बिरामीको ध्यान देऊ । कोरोनाविरुद्धको खोप सबै नागरिकमा पु-याऊ । रोजीरोटीको व्यवस्था गर ।

केही छैन, मलाई जानकारी नभए पनि हुन्छ । तर ती अस्पतालको शय्यामा जीवनको भिख मागी रहेका नागरिकलाई चाहिँ एक पटक मात्र भएपनि जानकारी गराउ न त । कोरोनाका नाममा उनीहरूको घर खेत सबै अस्पताहरूमा बुझाउन बाध्य नागरिकहरूको पीडामा खै के ग-यौ ? पैसाको अभावमा आफन्तको लास हप्तौँसम्म अस्पतालबाट आर्यघाट लान नसकेका परिवारका सदस्यहरूलाई के ग-यौ ? नाटकका पात्रहरू यी सबैको जवाफ हामीलाई चाहिएको छ । 

तिमीहरूसँग यी प्रश्न गर्दागर्दै पनि फेरि जनताको नाममा अर्को वियोगान्त नाटक प्रदर्शन गरेरै छाड्यौ । यस नाटकमा आइसोलेसनमा बसेका जनताले फेरि तिमीहरूको नाटक सफल पारिदिनु पर्ने अरे ! तिमीहरू सँग मेरो अर्को प्रश्न छ– यस अघिका तिमीहरूका पटक–पटकका नाटकमा हामी आइसोलेसनमा बसेका कोरोना सङ्व्रmमितहरूले नै साथ दिएकै हौँ । तिमीहरूको विश्वास गरेकै हौँ । जबकि अहिले पनि तिमीहरू सबैका निर्देशक र पात्र उही भएपछि हामीले तिमीहरूलाई फेरि कसरी विश्वास गर्ने ? 

तिमीहरूसँग विनम्र अनुरोध छ – नागरिकको जीनव, स्वतन्त्रता, समानता, र मर्यादाको लागि अहिलेको वियोगान्त नाटक तत्काल बन्द गर । सबै एकै ठाउँमा बस । सबै शक्ति कोरोनाविरुद्ध लगाऊ । अक्सिजनको अभावबाट हामीलाई बचाऊ, आइसोलेनका बिरामीको ध्यान देऊ । कोरोनाविरुद्धको खोप सबै नागरिकमा पु¥याऊ । रोजीरोटीको व्यवस्था गर । निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चित गर अनि सोचौँलाई तिमीहरूको आग्रहलाई के गर्ने ? हुन्न ?

- श्यामबाबु काफ्ले


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

71.43%

खुसी

14.29%

दुःखी

0%

अचम्मित

14.29%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्