काठमाडौं: प्रतिनिधि सभाको मंगलबारको बैठक करिब १३ मिनेट बसेर सकिएको छ । अर्को बैठक असोज असोज ४ गते सोमबार बिहान ११ बजेका लागि तोकिएको छ ।
मंगलबारको बैठकलाई पनि एमालेले अवरोध गरेको थियो । औपचारिक रुपमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेर्न पुगेका थिए ।
तर, सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ’विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । शर्माले प्रस्ताव प्रस्तुत गरेसँगै त्यसमाथि छलफल सुरु भएको थियो।
प्रतिक्रिया