लेटेस्ट न्युज
advertisement1

फेरि सत्याग्रह शुरु गर्ने डा. केसीको चेतावनी

Maryada News 2021-08-06 17:57:03
फेरि सत्याग्रह शुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै आफ्ना मागहरु पूरा नभए सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् । डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले उठाउँदै आएका मागहरु पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने चेतावनी दिएका हुन्।

डा. केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालै भएका सम्झौताहरु कार्यान्वयन गरी शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उनको माग छ ।

बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा मादपण्ड निर्धारण गरी पदाधिकारी नियुक्त गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्