काठमाडौँ: नेकपा एकीकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।
अध्यक्षमा चयन भइसकेपछी प्रतिक्रिया दिँदै चौधरीले निर्वाचनबाट नेकपा (एस) लाई ठुलो दल बनाउने बताए । उनले आवश्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने बताउदै अर्को पटकको निर्वाचनमा आफुहरु ठूलो दलको रुपमा अगाडि आउने दाबी गरे ।
प्रतिक्रिया