काठमाडाैंः नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएका छैनन्।
झलनाथ र माधव पक्षकाे बुधबार र बिहीबार तय भएको आफ्नै समूहको राष्ट्रिय कार्यकर्ता भेलाको कारण सर्वदलीय बैठकमा उपस्थित नभएकाे जनाइएकाे छ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरूलाई छलफलमा बोलाएकी थिइन्।
यस्तै स्वास्थ्य अवस्थाका कारण जसपाका नेता बाबुराम भट्टराई पनि आजकाे सर्वदलीय बैठकमा उपस्थित भएका छैनन्।
प्रतिक्रिया