लेटेस्ट न्युज
advertisement1

संसद विघटनविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने

Maryada News 2021-05-25 21:00:20
संसद विघटनविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ। रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँच जना न्यायाधीशको इजलास तोक्नेछन्। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश छन्।

तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले यो रिट हेर्न मिल्दैन किनभने अघिल्लोपटक प्रतिनिधिसभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेका थिए। प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासका लागि १३ जना न्यायाधीशबाट चार जना तोक्नेछन्। प्रतिनिधिसभा विघठन लगायत पछिल्लो राजनीतिक घटनाक्रमसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन्। यीमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्