काठमाडौं : विवेकशील साझा पार्टीको केन्द्रीय उद्यमशील विभागले संघीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीको केन्द्रीय उद्यमशील विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन भनिएको छ । विभाग प्रमुख आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा बन्दाबन्दीको समयमा सम्पूर्ण सानामझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपील गरिएको छ ।
साथै विभागले यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छूट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी रहेको पनि उल्लेख गरेको छ । पूर्ण क्षति व्यहोरेका कतिपय नवउद्यमीहरूलाई तीन ओटै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन पनि विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया