लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री ओलीद्वारा 'मेरो कित्ता' अनलाइन प्रणालीको शुभारम्भ

Maryada News 2021-04-15 16:15:51
प्रधानमन्त्री ओलीद्वारा 'मेरो कित्ता' अनलाइन प्रणालीको शुभारम्भ

काठमाडौं : नापी विभागले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा ल्याएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’को शुभारम्भ गरेका छन्। आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको प्रधानमन्त्री ओलीले शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले चन्द्रगिरीका दमननाथको नक्सा प्रिन्ट गरी कार्यक्रममा हस्तान्तरण गरेका थिए। नापी विभागका अनुसार हाललाई यो सेवा डिल्ली बजार, कलंकी र भक्तपुरमा सुरु भएको छ। यही आर्थिक वर्षमा यो प्रणालीलाई देशभरि सञ्चालनमा ल्याइने जानकारी दिइएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्