काठमाडौं : सेयर एण्ड केयर नेपालद्वारा काठमाडौं र नुवाकोटका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जनमैत्री अस्पताल, बालाजु काठमाडौं, त्रिशुली अस्पताल, त्रिशुलीबजार, नुवाकोट र नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा कोरोना रोकथाम, सुरक्षा र उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण एवम् सामाग्रीहरु सहयोग गरिएको छ ।
उक्त संस्थाद्वारा त्रिशुली अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण एवं सामाग्रीहरु अक्सिजन सिलिन्डर (१० थान), अक्सिजन कन्सन्ट्रेटर(३ थान), अक्सिजन ह्युमिडिफाएर (१० थान), पिपिइ सेट (१० सेट), पल्स अक्सिमिटर (१० थान), र इन्फारेडथर्मोमिटर (५ थान) सहयोग गरेको छ । त्यस्तै, जनमैत्री अस्पताल, बालाजुमा अक्सिजन सिलिन्डर (६ थान), अक्सिजन कन्सन्ट्रेटर (२ थान) र अक्सिजन ह्युमिडिफाएर (६ थान)सामाग्री अध्यक्ष लगायत चर्चित सञ्चारकर्मी रवि लामिछानेको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
नुवाकोटकै दुप्चेश्वर गाउँपालिका, समुन्द्रटारमा अक्सिजन फ्लोमिटर (१० थान), पल्स अक्सिमिटर (२१ थान), नेबोलाइजर मेसिन (५ थान), भाइरल ट्रान्सपोर्ट (२०० थान), एण्टीजेन टेष्ट किट (२१० थान), सेनिटाइजर (५० लिटर), एक्जामिनेसन ग्लोब्स (१०० पाकेट), सोडियम हाइपोक्लोराइड (५० लिटर), सर्जिकल माक्स (७००० थान) र स्टिमर (१२ थान) सामाग्रीहरु सहयोग गरिएको हो ।
त्यस्तै, दुप्चेश्वर गाउँपालिकाको वडा नं. ४ स्थित बेतीनि स्वास्थ्यचौकीलाई कोरोना रोकथाम, सुरक्षा र उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण एवं सामाग्रीहरु जस्तैः अक्सिजनकन्सन्ट्रेटर (१ थान), बिरामीको लागि बेड(४ सेट),पल्स अक्सिमिटर(४ थान), नेबोलाइजर मेसिन (१ थान), इन्स्ट्रुमेन्ट ट्रली (१ थान), एण्टीजेन टेस्ट किट (२६ थान), पिपिई सेट (५ सेट), सेनिटाइजर (२० लिटर), एक्जामिनेसन ग्लोब्स (५ पाकेट), सोडियम हाइपोक्लोराइड (१५ लिटर) र स्टिमर (३ थान) रहेका छन् ।
साथै, दुप्चेश्वर गाउँपालिकाकै वडा नं. ५ स्थित बालकुमारी स्वास्थ्यचौकीलाई पनि आवश्यक स्वास्थ्य उपकरण एवं सामाग्रीहरुःअक्सिजन कन्सन्ट्रेटर (१ थान), बिरामीको लागि बेड(४ सेट), पल्स अक्सिमिटर(४ थान),नेबोलाइजर मेसिन (१ थान), एण्टीजेन टेस्ट किट(३४ थान), पिपिइ सेट(५ सेट), सेनिटाइजर(२० लिटर), एक्जामिनेसन ग्लोब्स (५ पाकेट), सोडियम हाइपोक्लोराइड (१५ लिटर) र स्टिमर (३ थान) सहयोग गरिएको छ ।
कोरोना संक्रमितहरुको उपचार र जीवनरक्षाका लागि स्वास्थ्यकर्मीहरु, र प्रशासनले गरेको योगदानको कदर गर्दै कोरोना रोकथाम, सुरक्षा र उपचारको लागि अत्यावश्यक सामाग्रीहरु सहयोग गर्न पाउँदा खुशि लागेको सेयर एण्ड केयर नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक रमेश कुमार खड्काले बताए । शेयर एण्ड केयर नेपाल संस्थाले बिगत २८ वर्ष देखि नुवाकोट, मकवानपुर लगाएत अन्य जिल्लाहरुमा पनि निरन्तर रुपमा विभिन्न परियोजनाहरु मार्फत सामुदायिक विकास, एवं सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन एवं व्यवस्थापन गर्दै आइरहेको छ ।
प्रतिक्रिया