लेटेस्ट न्युज
advertisement1

सुर्खेतमा निषेधाज्ञा १५ दिन थप

Maryada News 2021-05-15 09:27:52
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप

सुर्खेतः समुदायस्तरमै काेराेना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी निषेधाज्ञालाई १५ दिन थप गरेकाे छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।

सुर्खेतमा वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ। आजदेखि खाद्यान्नका पसल आइतबार, मङ्गलबार र बिहीबार तथा फलफूल, तरकारी पसलहरू दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाइएको छ।

कर्णालीमा हालसम्म कोरोनाबाट एक सय ३४ जनाको निधन भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्