लेटेस्ट न्युज
advertisement1

नेपालमा कोरोना भाइसको नयाँ भेरियन्ट भेटियो : स्वास्थ्य मन्त्रालय

Maryada News 2021-06-21 17:47:05
नेपालमा कोरोना भाइसको नयाँ भेरियन्ट भेटियो : स्वास्थ्य मन्त्रालय

काठमाडौ : नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।देशका विभिन्न ठाउँहरुबाट संकलित ४८ वटा नमुनाहरु भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गर्न पठाइएको थियो ।

ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ। मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहकाहरुलाई नै असर गर्ने जनाइएको छ । उक्त भेरियन्टबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनका लागि मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्