लेटेस्ट न्युज
advertisement1

कान्तिपुरकर्मी कार्कीलाई पत्नी शोक 

Maryada News 2021-05-10 20:59:46
कान्तिपुरकर्मी कार्कीलाई पत्नी शोक 

काठमाडौं : कान्तिपुर टेलिभिजनकर्मी प्रविण कार्कीलाई पत्नी शोक परेको छ । कान्तिपुरकर्मी कार्कीकी धर्मपत्नी अप्सरा कार्कीको ४२ वर्षको उमेरमा निधन भएको हो । कान्तिपुरकर्मी कार्कीका अनुसार गत साता अप्सराको निधन भएको हो। 

अप्सरालाई  खोकीको समस्या देखिएपछि कोरोना संक्रमणको शङ्कामा पिसीआर परीक्षण गरिएको थियो । पिसीआरको रिपोर्ट 'पोजेटिभ' देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अप्सराको गत वैशाख २० गते निधन भएको कार्कीले जानकारी दिए । कार्कीका एक छोरी र एक छोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्