काठमाडौं : काठमाडौंस्थित वीर अस्पतालमा आगलागी भएको छ । विद्युत सर्ट भएर अस्पताल भवनमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी अस्पतालको पछिल्लो भागमा रहेको भवनको चौथो तलामा आगलागी भएको हो । अहिले दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास जारी छ ।
अस्पतालको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगलागी भएको अस्पतालले बताएको छ ।
प्रतिक्रिया