लेटेस्ट न्युज
advertisement1

बागलुङमा वैशाखभर निषेधाज्ञा जारी

Maryada News 2021-05-04 10:08:46
बागलुङमा वैशाखभर निषेधाज्ञा जारी

बागलुङः जिल्लामा आज मङ्गलबारदेखि निषेधाज्ञा लागू भएकाे छ। कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको हाे।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो। समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ।

यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए। निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन्। कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्