चितवन– जिल्लाको प्रमुख शहर नारायणगढमा ‘भरतपुर मेट्रो प्लाजा’बनाइने भएको छ।
भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन लागिएको हो।
महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउन थालेको हो। महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ।
महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो। दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए।
जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो। तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन्। प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया