लेटेस्ट न्युज
advertisement1

हामी असक्षम र पलायन भएका छैनौं : प्रचण्ड

Maryada News 2021-02-05 10:46:32
हामी असक्षम र पलायन भएका छैनौं : प्रचण्ड

काठमाडाैं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले हिजो बिहीबार भएको आफ्नो पक्षको आम हडताल सफल भएको भन्दै आफूहरू पलायन नभएको बताएका छन्। आम हडतालको भोलिपल्ट काठमाडाैंमा आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष प्रचण्डले यो सरकारविरुद्ध भएको आन्दोलनमा सबै नागरिकले साथ दिएका दाबी गरे। 

'फेरि पनि हामी विरोधमा जानेछौं। यो सफलता असफलताको विषय हैन। यसलाई मिनिमाइज गरेर हेर्दा न्याय हुँदैन। हामी फेरि पनि प्रतिगमनविरुद्ध सत्यको पक्षमा जानेछौं। यो नेकपा र हाम्रो मात्र विरोध हैन। यो संविधानमाथिको घात नै हो। लोकतन्त्रमाथिको घात नै हो।' 

पत्रकार, बुद्धिजीवी, साहित्यकार, पत्रकार सबै यो प्रतिगमन नै हो भनेर लागेकाले यो कम्युनिष्ट पार्टीको मात्र कुरा नभएको उनले जिकिर गरे। सबै संगठन यो अलोकतान्त्रिक भएकाले सडकमा भएका पनि उनले बताए। 

सत्तामा रहनेबाहेक सबैले यसलाई प्रतिगमनको विरोधमा रहेका पनि उनले दाबी गरे। हिजो सामन्तीहरूले देशभरबाट मान्छे ओसारेका भन्दै उनले लोकतन्त्रको पक्षमा हेर्न पत्रकारलाई आग्रह गरे। यसलाई व्यक्तिगत रुपमा नहेर्न पनि उनले अनुरोध गरे। 
 
संवैधानिक आयोमा नियुक्तिप्रति र केपी ओलीले ल्याएका अध्यादेशलाई असंवैधानिक भन्दै उनले पार्टी र सहमतिबेगर ल्याइएको यो असंवैधानिक कदमप्रति सबैले साथ दिनुपर्ने बताए।  

'निर्ममतापूर्वक केपी ओलीले संविधानको हत्या गरे, यो हाम्रो रहर नभएर बाध्यता हो,' उनले भने। आफूहरुले यस्तो कार्यक्रम नराखौं भने पनि संविधानमाथि केपी ओलीले कुल्चिएपछि आफूहरू सडकमा आएको र तुरुन्त प्रतिवाद गरेको बताए। 

कसैले सामान खोस्यो भने तुरुन्त प्रतिवाद गरेजस्तै हिजोको आन्दोलन भएको उनले बताए। हिजोको हडतालमा जनताको साथ भएको र काठमाडौंमा मात्र नभई अन्त पनि जनताले भित्रबाटै साथ दिएका दाबी गरे। पोखराको उदाहरण दिँदै उनले सरकारविरुद्ध जनता सडकमा आएका बताए। 

देश निकै अफ्ठ्यारो ठाउँमा आएकाले आफूहरु आन्दोलनमा उत्रिएको उनको दाबी थियो। अब यसरी नै ज्यादती बढ्दै गए जनता सोझै आउने पनि उनले दाबी गरे। जनताले अफ्ठ्यारो भए पनि हिजोको आन्दोलनमा साथ दिएका भन्दै उनले जनताप्रति संवदेनशील भएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्