लेटेस्ट न्युज
advertisement1

लोक सेवा आयोग पदाधिकारीविहीन, महत्वपूर्ण काम कारबाही ठप्प

Maryada News 2021-03-24 10:37:09
लोक सेवा आयोग पदाधिकारीविहीन, महत्वपूर्ण काम कारबाही ठप्प

काठमाडौं : लोक सेवा आयोग आजबाट पदाधिकारीविहीन बनेको छ । अध्यक्षसहित पाँच जना पदाधिकारीको कार्यकाल हिजो मंगलबार देखि सकिएपछि आयोगले गर्दै आएका नियमित काम प्रभावित हुने भएका छन् । आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प हुने भएको छ ।

आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो । सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । यसअघि सात जनाको आयोग थियो ।

नयाँ संविधानअनुसार अब पाँच जना मात्रे पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा सरकारले आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्