लेटेस्ट न्युज
advertisement1

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

Maryada News 2021-03-14 18:32:58
खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

विराटनगर : खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरेको हो ।     
     
परिषद्का अगुवा कुमारविक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गरे । परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएकोे बताए ।

परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातिको बसोबास पाइन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाइएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ ।     
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्