लेटेस्ट न्युज
advertisement1

विराटनगरमा बन्ने भयाे तीन वटा आकाशे पुल

Maryada News 2021-02-07 12:52:29
विराटनगरमा बन्ने भयाे तीन वटा आकाशे पुल

विराटनगर । पूर्वी नेपालकाे प्रमुख सहर विराटनगरमा तीन वटा आकाशे पुल निर्माण हुने भएकाे छ । विराटनगर महानगरपालिकाले रू दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन वटा आकाशे पुल निर्माण गर्ने भएको हो । 

महानगरपालिका क्षेत्रमा सवारी साधनको चाप बढ्न थालेपछि यातायात सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याइएको महानगरकाे नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन स्थानमा आकाशे पुल निर्माण हुने भएकाे हाे ।

विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिए । 

विराटनगरको कञ्चनबारी चोकमा रू ७८ लाख, बरगाछी चोकमा रू ६८ लाख र भट्टीचोकमा रू ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको उनले बताए । ६ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ ।

तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ । आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्