काठमाडौँ : चर्चित नायिका मनिषा कोइरालाकाे ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएकाे छ । महाशिवरात्रिको अवसर पारेर कोइरालाले आफ्नै स्वरमा रेकर्डिङ गरिएका ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी हुन् ।
यसमा कोइरालासँगसँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको पनि स्वर रहेको छ । ‘महामृत्युञ्जय मन्त्र’ को भिडिओको निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका छन् ।
पाटन संग्रहालयको ऐतिहासिक प्रेक्षालयमा अत्यन्त रोमाञ्चक तवरले गरिएको औपचारिक इभेण्टका सम्पूर्ण व्यवस्थापन 'द साल लिफ'ले गरेको संस्थापक निर्देशक विनिशा श्रेष्ठले जानकारी दिइन् । म्युजिक भिडिओको सार्वजनिक वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले गरेका थिए ।
प्रतिक्रिया