गीतकार सियरा आचार्यको ‘स्वामी जीले भन्छन् मलाई ,घर अँध्यारो नपार’ बोलको गीतले चर्चा कमाएको छ।
नेपाल सरकारका सचिब समेत रहेका सुरेश आचार्य उर्फ सियरा आचार्यको गीत सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा सजिएको छ। गीतमा राजेश थापाको कर्णप्रिय संगीत रहेको छ । गीतको भिडियो पुजा ठकुरीको निर्देशनमा करण चाईसिरले खिचेका छन् । गीतकार पत्नी सन्जु आचार्यको निर्माण रहेको गीतको म्युजिक भिडियोमा सन्जु स्वयं र कलाकार जुना कार्की तथा सुरज लुँईटेलको शीर्ष अभिनय समेत रहेको छ ।
अरुण थुलुङ राईको कोरियोग्राफी रहेको गीतको छायांकन बिभिन्न मनोरम स्थलमा गरिएको छ । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
अनिल राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा बिनोद बमले सम्पादन र कलर गरेका छन् ।
कुशल प्रशासक आचार्य साहित्यिक क्षेत्रमा समेत अब्बल देखिएका छन। सार्वजनकि सेवा र साहित्यिक जीवनलाई संगसंगै अघि वढाईरहेका आचार्यको दर्जनौ गीत नेपालको सांगीतिक बजारमा आईसकेका छन् । सियराको ‘स्वामी जीले भन्छन् मलाई ,घर अँध्यारो नपार’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया