एजेन्सीः बलिउडकी प्रख्यात गायिका श्रेया घाेषाल आमा बन्ने भएकी छिन्। सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै श्रेयाले आफू आमा बन्न लागेकाे बताएकी हुन्।
श्रेया बिवाहकाे ६ वर्षपछि आमा बन्न लागेकी हुन्। उनले सार्वजनिक गरेकाे तस्बिरमा श्रेया 'बेबी बम्प' देखाउँदै भनेकी छिन्- 'बच्चा श्रेयादित्य आउँदै छन्। शीलादित्य र म तपाइँहरूलाई याे सुनाउन पाउँदा निकै उत्साहित छाैं। हामीलाई हाम्राे जीवनकाे नयाँ अध्याय सुरु गर्न यहाँहरू सम्पूर्णकाे माया र आशिर्वाद चाहिन्छ।'
श्रेयाले २०१५ काे फेब्रुअरी ५ मा हल्लाखल्ला नगरी श्रेयाले लामाेसमयदेखिका आफ्ना प्रेमी शीलादित्य मुखाेपाध्यायसँग बिवाह गरेकी थिइन्।
भारतीय संगीत जगतकी प्रख्यात गायिका श्रेयाले बलिउड चलचित्र 'देवदास' मार्फत बलिउडमा यात्रा तय गरेकी थिइन्।
प्रतिक्रिया