advertisement1

वैवाहिक जीवनमा बाँधिए मनोज गजुरेल

Maryada News 2021-10-11 16:14:13
वैवाहिक जीवनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको चार वर्ष पहिले सम्बन्ध विच्छेद भइसकेको छ ।  पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

साथै गजुरेलले सोहि स्टाटसबाट आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन समेत सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्