लेटेस्ट न्युज
advertisement1

अनलाइनबाटै घरजग्गाको नक्सा हेर्न नापी विभागले ल्यायो 'मेराे कित्ता'

Maryada News 2021-04-15 13:17:09
अनलाइनबाटै घरजग्गाको नक्सा हेर्न नापी विभागले ल्यायो 'मेराे कित्ता'

काठमाडाैंः इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने 'मेरो कित्ता' वेवसाइट शुरु भएकाे छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नापी विभागमा आयाेजना हुने एक कार्यक्रमबीच मेराे कित्तालाई औपचारिक शुभारम्भ गर्ने भएका छन्।

वेवसाइटमार्फत आफ्नो घर जग्गाको नक्सा हेर्न सकिने, प्रिन्ट गर्न सकिने र शुल्क बुझाउनसमेत कार्यालय धाइरहनु नपर्ने व्यवस्था लागू हुने विभागले जनाएको छ। ‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ वेवसाइटमार्फत यो सेवा लिन सकिने विभागले बताएकाे छ। 

सेवा शुरु भएता पनि हाल उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरकाे नापी कार्यालयबाटमात्र याे सेवा प्रवाह गरिने छ। देशभरका अन्य कार्यालयमा केही समयपछि कार्यान्वयनमा ल्याइने छ। याे साता काठमाडाैं उपत्यकाका सम्पूर्ण र थप केही समयपछि देशभरका एक सय २६ नापी कार्यालयबाट अनलाईन सेवा प्रवाह गरिने नापी कार्यालयका सूचना अधिकारी दामाेदर ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्