सर्लाहीः राष्ट्रियस्तरमा पहिचान बनाएका जिल्लाका १७ जना कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरिएको छ। बरहथवा नगरपालिकाले 'सर्लाही स्वर्णिम सम्मान, २०७७' आयोजना गरि उनीहरूलाई सम्मान गरेको हो।
कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशंकर रिजाल, निर्देशक प्रदीप भट्टराई, गायक कमल खत्री, बाँसुरीवादक बुद्ध लामा, गायक कर्ण राज गिरी, मोडल कविता नेपालीलाई नगरपालिकाले सम्मान गरेकाे हाे।
गायक यश कुमार, निर्देशक पुर्णेन्दु झा, संगीतकार टिका बम्जन, कलाकार विजय बराल, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, पत्रकार दिवाकर मैनाली, नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष कृष्णकुमार इस्माली, अनलाइन टीभी पत्रकार संघका सचिव सरोज गिरी, र महिला निर्देशक सम्झना उप्रेती रौनियारलाई पनि नगरपालिकाले सम्मान गरेकाे हाे।
सम्मानित हुने सम्पूर्ण कलाकार, चलचित्रकर्मी तथा पत्रकार सर्लाही निवासी हुन्।
आफ्नाे क्षेत्रमा उल्लेख्य प्रगति गरि नाम कमाएकाले थप प्रेरणा र प्रगतिका लागि सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए।
प्रतिक्रिया