एजेन्सी- सन् २०२० मा बलिउडले धेरै कलाकार गुमायाे। बलिउड र हलिउड चलचित्रका स्टार अभिनेता इरफान खान, चर्चित अभिनेता ऋषि कपुर अनि उदाउँदा स्टार सुशान्त सिंह राजपूतलाई बलिउडले सन् २०२० मै गुमायाे।
सुशान्त सिंह राजपूतकाे निधनले त बलिउड जगतलाई महिनाैं दिनसम्म गाँजेर राख्याे। सुशान्तकै आत्महत्या केसले बलिउडकाे ड्रग र नातावादकाे ठूलाे समस्यालाई उजागर गरेकाे थियाे।
गएराति भने सुशान्तकाे चर्चित चलचित्र 'एमएस धोनी: द अनटोल्ड स्टोरी' मा उनका सरदार साथीको भूमिकामा अभिनय गरेका अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका छन्।
सोमबार साँझ फेसबुकमा ९ मिनेटको भिडियो र सुसाइड नोट पोस्ट गरेका थिए। पछि साे भिडियाे र पाेस्ट उनले डिलिट गरे।
प्रहरीले आत्महत्या हो वा होइन् भन्ने बारे अनुसन्धान गरिरहेको छ। पाेस्ट माेर्टम रिपाेर्टपछि सबै तथ्य खुल्ने प्रहरीले बताएकाे छ।
नाहरले आफ्नाे फेसबुकमा पाेस्ट गरेकाे भिडियाेमा आफ्नी श्रीमती र सासुले अत्यन्तै दुख दिएकाे, श्रीमती पहिलेका प्रेमीसँग सम्पर्कमा रहेकाे, सासुले प्रहरीलाई उजुरी दिने धम्की दिइरहने गरेकाे लगायतका कारण आत्महत्या गर्न बाध्य भएकाे बताएका छन्।
नायरले फेसबुकमा पाेस्ट गरेकाे भिडियाेमा भनेका छन् - 'यसले (श्रीमती) मलाई धेरै गाली गर्छे। मेराे परिवारकाे बारेमा धेरै नराम्रा कुरा गर्छे। याे कुरा अब म धेरै सुन्न र सहन सक्दिन। यसमा यसकाे केही गल्ती छैन। किनकी याे मानसिक राेगी हाे। म चाहन्छु कि म मरिसकेपछि पनि यसलाई कसैले केही नभन्नु, किनकी यसलाई आफूले गरेकाे गल्तीकाे आभाष नै हुँदैन। बस् यसकाे उपचार गराइदिनुस्, ताकि म मरिसकेपछि याे जसकाे जीवनमा पुग्छे उसलाई खुसी दियाेस्। मेराे परिवारलाई म मरिसकेपछि कसैले दुख नदियाेस्।'
प्रतिक्रिया