काठमाडौंः सञ्चारकर्मी चुडामणि खनाल र मनु कुँवरको लोक दोहोरी विधाकाे गीत “यो माया खत्रा” सार्वजनिक भएको छ। सञ्चारकर्मी खनालको शब्द र संगीतमा मनु कुँवरसँगको युगल गायनमा तयार भएको लोक दोहोरी प्रेमिल गीत “यो माया खत्रा” म्युजिक स्टार नेपाल कम्पनीमार्फत् सार्वजनिक भएको हो।
गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको अभिनय रहेको छ भने अन्य स्थानीय कलाकारले सहयोगी भुमिका निभाएका छन्। गीतको भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा तयार पारिएको छ। गीतले प्रेमको सन्देश साथै हालकाे परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ।
मनोरञ्जनात्मक रुपमा गीत तयार पारिएको छ। लुम्बिनी, कपिलवस्तु लगायतका स्थानमा छायांकन गरिएकाे गीतकाे एरेन्ज मिक्सिङ हेमन्त शिशिर र रेकर्डिङमा विरेन बिसिले साथ दिएका छन्।
गीतको म्युजिक भिडियो निर्देशकमा निशान एस के र दृश्य सम्पादनमा प्रकाश धमला रहेका छन् भने क्यामरामा दिपक गिरिले साथ दिएका छन्।
यसअघि राष्ट्रिय गीत ‘नबिर्सौ वीरताको गाथा’ सार्वजनिक गरिसकेका खनालले आगामी दिनमा आफ्ना नयाँ नयाँ सृजना बजारमा ल्याउँदै जाने बताएका छन्।
यस्ताे छ गीतकाे भिडियाेः
प्रतिक्रिया