काठमाडौं : पछिल्लो समय युट्युबदेखि राष्ट्रिय टेलिभिजनहरुमा नेपाली लोकदोहोरीको बजार निकै फष्टाएको छ। नेपाली मौलिक परम्परासंग जोडिएको लोक दोहोरी वास्तवमै नेपाली जनजीवनसंग जोडिन्छ। गाउँमा मेला पर्व र विशेष अवसरमा गाइने लोक भाका अचेल मोबाइल र टेलिभिजनमा सहज रुपमा सुन्न र हेर्न सकिने भएको छ।
यही भिडमा लोक दोहारी भाकाको संरक्षणमा कार्यक्रम जुनकिरीले आफूलाई अघि बढाइरहेको छ। विगत केही महिनादेखि एपीवान टेलिभिजनमा प्रसारण भैरहेको कार्यक्रम जुनकिरीले २५ औँ श्रृंखला पुरा गरेको छ।
लोकदोहोरी बजार भाइरल प्रधान भइरहेका बेला वास्तविक श्रष्टा र सिर्जनालाई'जुनकिरीले प्राथमिकता दिँदै आएको गायक एवम् प्रस्तोता राजेश बर्देवा बताउँछन्। मर्यादा न्युजसँग कुरा गर्दै गायक बर्देवाले मौलिक भाका र लोक सांस्कृतिक मूल्य मान्यतालाई जगेर्ना गर्दै सबैले अपनत्व गर्न सक्ने कार्यक्रम बनाउन आफूहरु लागिपरेको बताए।
स्थापित कलाकार र मर्यादित लोक गीतलाई प्रोत्साहन गर्न राष्ट्रिय स्तरका टेलिभिजनले स्थान दिनु खुशीको कुरा भएको गायक बर्देवा बताउँछन्। कार्यक्रममा चर्चित गायक राजु परियार, विष्णु खत्री, टीका पुन, देवी घर्तीलगायतले सहभागिता जनाइसकेका छन्।
जुनकिरी दोहोरी कार्यक्रम एपी वान टेलिभिजनमार्फत् हरेक शुक्रबार साँझ ६ बजेदखि ७ बजेसम्म प्रसारण हुँदै आएको छ।
देवेन्द्रमान श्रेष्ठले निर्देशन गर्दै आएको जुनकिरी दोहोरीको प्रस्तोतामा राजेश वर्देवा र सरु थापा छन्।
भिडियाेमा हेर्नुहोस्ः
प्रतिक्रिया