लेटेस्ट न्युज
advertisement1

हलिउड इन्साइडर भन्छः नेपाल चलचित्र सुटिङका लागि उत्कृष्ट गन्तव्य

Maryada News 2021-03-30 14:59:37
हलिउड इन्साइडर भन्छः नेपाल चलचित्र सुटिङका लागि उत्कृष्ट गन्तव्य

काठमाडौंः चलचित्र सुटिङका लागि संसारकै उत्कृष्ट गन्तव्यमा नेपाल समावेश भएकाे छ। हलिउड इन्साइडर म्यागजिनले प्रकाशन गरेकाे एउटा आर्टिकलमा नेपाललाई सुटिङका लागि याेग्य साना देशकाे सूचीमा राखिएकाे हाे। 

इस्टाेनिया, नेपाल, जर्जिया, श्रीलंका, ट्रिनिडाड एण्ड टाेबागाे र क्राेएसिया साे सूचीमा पर्न सफल भएका छन्। हलिउड इन्साइडरले नेपाल संसारकै राम्राे दृश्यावलाेकन गर्न सकिने देश हाे भनेकाे छ। भाैगालिक विविधता र वास्तुकलाकाे संगम भएकाे देशकाे रुपमा नेपालकाे बयान गरेकाे छ। 

यस्तै कियानु रिभ्स अभिनित 'लिटल बुद्ध', सगरमाथा आराेहणसम्बन्धमा बनेकाे चलचित्र 'एभरेष्ट' र हलिउड प्रख्यात अभिनेता बेनेडिक्ट कम्बरब्याच अभिनित 'डक्टर स्ट्रेन्ज' नेपालमा सुटिङ भएकाे ठूला ब्यानरका हलिउड चलचित्र रहेकाे पनि साे आर्टिकलमा बताइएकाे छ। 

नेपालमा सुटिङका लागि विविधतापूर्ण लाेकेसन रहेकाे भन्दै नेपालका हिमाल, राष्ट्रिय निकुञ्ज, भक्तपुर, पाेखरा, मुस्ताङलगायतका स्थानकाे वर्णन गरिएकाे छ। यस्तै नेपाल सुन्दरसाथसाथै सुरक्षित देश हाे भन्ने पनि जानकारी गराइएकाे छ। नेपाली अतिथि सत्कारकाे पनि खुलेरै तारिफ गरिएकाे छ।

हलिउड र बलिउडका गरि हालसम्म नेपालमा ३० भन्दा बढी ठूला ब्यानरका चलचित्र सुटिङ भइसकेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्