लेटेस्ट न्युज
advertisement1

‘विवेक’मा बिपिन र स्वस्तिमाको जोडी

Maryada News 2021-04-07 19:28:13
‘विवेक’मा बिपिन र स्वस्तिमाको जोडी

काठमाडौं : चलचित्र निर्माता एवम् निर्देशक माधव  वाग्लेले नायक बिपिन कार्की र नायिका स्वस्तिमा खड्कालाई लिएर चलचित्र ‘विवेक’ निर्माण एवं निर्देशन गर्ने भएका छन् । यो चलचित्रको अडिसन शनिबार जनकपुरमा हुँदैछ र सोही ठाउँमा चलचित्रको छायाँकनसमेत हुने भएको छ । जेठबाट छायाँकन सुरु हुने चलचित्रको मुख्य भूमिकामा बिपिन र स्वस्तिमा रहेका छन् ।

मधेशी युवाको यथार्थ कथामा निर्माण हुने चलचित्रको पटकथा लोकनाथ कोइरालाले लेखेका हुन् । चलचित्रको अडिसन पोस्टरमा बिपिन कार्की चित्रण गरिएको टीजर पोस्टर पनि लन्च गरिएको छ । यो चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुने भएको निर्माण टिमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्