लेटेस्ट न्युज
advertisement1

अप्रत्याशित रुपमा इन्गेजमेन्ट गरेको गायिका इन्दिरा जोशीको प्रतिक्रिया 

Maryada News 2021-09-24 15:44:26
अप्रत्याशित रुपमा इन्गेजमेन्ट गरेको गायिका इन्दिरा जोशीको प्रतिक्रिया 

काठमाडौं : गायिका इन्दिरा जोशीले पूर्वनिर्धारित नभइ अप्रत्याशित रुपमा इन्गेजमेन्ट गरेको प्रतिक्रिया दिएकी छिन् । खुम्बु पुगेपछि शरदले प्रपोज गरेको र त्यसलाई आफूले अस्वीकार गर्न नसकेको बताइन् । 

जोशीले प्रेमी शरद केडियासँग बिहीबार खुम्बु क्षेत्र पुगेर इन्गेजमेन्ट गरेकी हुन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए । ‘हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो । मैले हुन्छ भनिदिएँ’ जोशीले भनिन् । 

इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए । जोशीका चौबन्दी चोली अनि रातो घांगर, बेहुली, उध्रेको चोली, मरी लानु के छ र?, माग्ने बनायो, रुझु रुझु लगायतका गित चर्चित छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्