लेटेस्ट न्युज
advertisement1

नेपाल भित्रियो साओमीको रेडमी १० प्राइम

Maryada News 2021-09-19 15:36:03
नेपाल भित्रियो साओमीको रेडमी १० प्राइम

काठमाडौं : चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीको पछिल्लो संस्करणको फोन ’रेडमी १० प्राइम’ नेपालमा लञ्च भएको छ । नेपालसहित अन्य बजारमा खुबै चर्चा कमाएको रेडमी ९ प्राइमको सफलतापछि कम्पनीले त्यसकै अपग्रेटेड भर्जनका रुपमा रेडमी १० प्राइम ल्याएको हो। यो फोन ५० मेगापिक्सल क्यामेरा भएको पहिलो रेडमी फोन भएको पनि कम्पनीको दाबी छ । 

यो फोनमा हेलियो जी–८८ चिपसेट छ । यो फोन मेमोरी एक्सटेन्सनको सुविधाका साथ उपलब्ध छ । यो सुविधाअन्तर्गत प्रयोगकर्ताले अस्थायी रुपमा (भर्चुअल्ली) २ जीबीसम्म थप्न सक्छन् । 

यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, हाइपर इन्जिन २.०, मियूआई १२.५ लगायतका फिचर छन् । फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ ।  

स्क्रिनको सुरक्षाका लागि कोरिङ गोरिल्ला थ्री प्रयोग गरिएको छ । नेपाली बजारमा यो फोन ४ जीबी -याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

४ जीबी ¥याम तथा ६४ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य २० हजार ९९९ रुपैयाँ छ । ६ जीबी -याम तथा १२८ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य २३ हजार ९९९ रुपैयाँ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्