लेटेस्ट न्युज
advertisement1

दुर्घटनाबाट लकडाउनमै ६४ जनाले ज्यान गुमाए 

Maryada News 2021-05-15 19:35:38
दुर्घटनाबाट लकडाउनमै   ६४ जनाले ज्यान गुमाए 

रुपन्देही : बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।     
     
प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औँल्याए। उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको चासो रहेकाले सबैको समन्वयमा यसको हल गर्नुपर्ने बताए। “मृत्युदर निवारण गर्ने नै सामूहीक उद्देश्य हो । यो समस्या ट्राफिकको मात्रै होइन सबैको हो । यसलाई सबै मिलेर हल गर्नुपर्छ”, उनले भने । पत्रकारहरूले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण, छाडा चौंपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।     
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्