विराटनगर: विराटनगरमा रहेको बाल सुधार गृहदेखि गए राती चारजना बालक भागेका छन् । तीन तलाबाट हामफालेर भागेका मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।तीन जना अझै फेला परेका छैन्न् कमजोर भौतिक संरचना भएका कारण बालकहरु सजिलै भाग्न सक्ने बाल सुधार गृहमा ५० जनाको क्षमतामा १ सय ९३ जना बालक रहेका छन् । फरार हुने तीन जना जवरजस्ती करणी मुद्धामा कैद सजाय र एक जना हातहतियार खरखजना मुद्धामा पुर्पक्षका लागि राखिएको हो ।
संखुभासभा, उदयपुरर ओखलढुङ्गा घर भएका तीन जना फरार छन् भने झापा घर भएका जवरजस्ती करणी मुद्धाका एक बालक भाग्दा भाग्दै पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।गत बर्ष पनि बालसुधार गृह बाट दुईजना भागेका थिए उनिहरुलाई ५ दिन पछि झापाबाट फेला पारेर ल्याइएको थियो । बाल सुधार गृहको भौतिक संरचना कमजोर भएका कारण तीन तला देखि बालकहरु हामफालेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
भाग्ने सवै वालक कोरोना संक्रमण भएर उपचार पछि बाल सुधार गृह फर्किएका हुन उनिहरुलाई छुट्टै आइसोलेसनमा राखिएको सुधार गृहले जाएको छ । उनिहरुलाई अदालतले ५ बर्ष र १२ बर्ष कैद सुनाएको थियो । उनिहरुको खोजी तिब्र बनाइएको मोरङ प्रह्रीले जनाएको छ । थप सुरक्षाको लागि बाल सुधार गृहमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० प्रह्री टोली परिचालन गरिएको छ ।
सुधार गृहमा क्षमता भन्दा बढी एउटै कोठामा २५ जना सम्म बालकलाई राखिएको छ । सो सुधार गृहमा १४ वटा जिल्लाका १४ बर्ष देखि १८ बर्ष सम्मका बालकहरु रहेका छन् अदालतको आदेश पछि उनिहरुलाई यस सुधार गृहमा राखिन्छ ।
प्रतिक्रिया