लेटेस्ट न्युज
advertisement1

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

Maryada News 2021-03-26 11:25:09
कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

कास्कीः जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ। गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए।

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ।

सङ्क्रमितहरू भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्। कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्