काठमाडौं: कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण रुपन्देहीमा १ जना पत्रकारको निधन भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य समेत विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको निधन भएको हो ।
कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही संक्रमण भैसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासी समस्या आएपछि ५ दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा फोक्सोमा समस्या आइ निमोनिया देखिएका चौहानको उपचारकै क्रममा मंगलबार राति २ बजेतिर निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
प्रतिक्रिया