लेटेस्ट न्युज
advertisement1

काँकडभिट्टा नाकामा सेनाले हाेल्डिङ सेन्टर बनाउँदै

Maryada News 2021-05-01 09:55:26
काँकडभिट्टा नाकामा सेनाले हाेल्डिङ सेन्टर बनाउँदै

झापाः नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा टोली परिचालन गरेकाे छ। मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए।

गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन भएकाे थियो।

यस्तै नेपाली सेनाले होल्डिङ सेन्टर पनि बनाउन थालेकाे छ। काँकडभिट्टा नाकामा सेनाले होल्डिङ सेन्टर निर्माण गर्न थालेको हाे। श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम शुरु गरेको हो।

पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ। हाेल्डिङ सेन्टर एक हजार क्षमताको हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्