लेटेस्ट न्युज
advertisement1

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य जोडीलाई प्रहरीले छलफलका लागि बोलायो

Maryada News 2021-07-09 18:27:49
अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य जोडीलाई प्रहरीले छलफलका लागि बोलायो

काठमाडौं : कैलालीको भजनीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले छलफलका लागि बोलाएको छ। शुक्रबार बेलुका घर फर्किएको जोडीलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले छलफलका लागि बोलाएको हो।

विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको हो। शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए। उनीहरु कार्यालयमा पुगेपछि थप कुरा हुने साउदले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्