काठमाडौं: जोरपाटीमा २० जना जुवाडेलाई रंगेहात पक्राउ गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् । जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने दावा दुुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया