लेटेस्ट न्युज
advertisement1

बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

Maryada News 2021-09-16 17:13:20
बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

काठमाडौं: बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएपछि त्यसअगाडि बुधबार मात्र सरकारले सो रकम खर्च गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । 

पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ । अब संसदको अर्को बैठक असोज ४ गते बोलाइएको छ । 

यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । जेठ १५ गते अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । 

 उक्त विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ । प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नु पर्ने हुन्छ ।

यसअघि बुधबार नै महालेखा नियन्त्रक कार्यालयले संसदमा प्रतिस्थापन विधेयक जानु अगाडि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो । महालेखा नियन्त्रक कार्यालयले २४ भदौबाट लागु हुने गरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो । 

यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकै दिन ठूलो रकम खर्च भएको छ । चालु खर्चमा भएको अधिकांश रकम तलव भत्तामा खर्च हुन्छ । 

सामान्यतया सरकारले तलव भत्ता २८-२९ गते नै खातामा पठाउने हुँदा पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलव प्राप्तिमा भने समस्या नपर्ने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्